कोबिड-१९ को अवधिमा फसेका दर्जनौ पर्यटकहरु मे महिना देखि थुनामा रहेका छन्।

प्रकाशित :जून १८, २०२०
आइदिल रजाक र अल्या अल्हद्जरी

परिवारका सदस्यहरूले भने बमोजिम एम.सी.वो को अवधिमा ३० दिनको दोहोरो पर्यटक भिसामा आएका दर्जनौ व्यवसायी र साधारण भारतीय नागरिकहरु हिरासतमा रहेका छन्।

दिल्लीका गैरसरकारी संस्थाले जनाए अनुसार ६० जना भारतीय यात्रुहरू मलेसियामा आएका थिए। एम सी वो को कारण जब उनीहरूको उडान रद्द भयो भिसा अवधि पनि सकियो र मलेसिएन अध्यागमनले छापा मार्दा उनीहरूको पर्यटक भिसा समाप्त भै सकेको र अहिले हिरासतमा राखिएको छ।

पिडित परिवारका सदस्यहरूले मलेसियाकिनी लाई बताए अनुसार उनीहरूका आफन्तहरू मस्जिदइन्डिया मा बस्दै आएका थिए, सोहि समय छापा मार्दा पक्राउ परेका थियो र बुकिट जलीलको थुनामा एक महिना भन्दा बढी समय बिताइसकेका छन, जुन ठाऊ कोविड- १९ को सबै भन्दा धेरै बिरामीहरु भेटिएको ठाउँ हो।

जुन १२ मा बुकिट जलील डिपोमा एक भारतीय व्यक्तिको मृत्यु भएको समाचार प्रकाशित भएको थियो। जुन समाचार सुन्न साथ् परिवारका सदस्यहरु आत्तिएको थिए । एक हैदराबादी महिला थिइन्, जसको पक्राउ परेका बुबाको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको विवरणसँग मिलेको थियो।

उनले भनिन “जब हामीले मृत्युको खबर सुनेऊ तब हामी शान्त भएर बस्न सकेनौ किनकि मृतकको विवरण मेरो बुबा सँग मिल्दो जुल्दो थियो।”

परिवारका एक सदस्यले नाम नछाप्ने शर्तमा भने “मेरो बुबा विगत १० बर्ष देखि मुटु सम्बन्धि रोगका कारण हरेक दिन औषधी लिई रहनु भएको छ र उनी सँग यी औषधीहरू किन्नको लागी अनुकुल परिस्थिति छ कि छैन भनेर हामी डराएका छौ ।

भोलि पल्ट मात्र उनले भारतीय उच्च आयोग बाट उनका बुबा जीवितै भन्ने थाहा पाए। उनको बुबा आफ्नो भाई संगै यात्रा गर्दै थिए र उनि पनि अहिले अध्यागमन हिरासतमा रहेको छन्।

“हामी उनी हरूको सुरक्षाको बारेमा अत्यान्तै चिन्तित छौ। यति सम्म कि हामी कानुनी सहायता गर्न समेत पनि डराउँछौं।”

वास्तवमा मरेको ब्याक्तिको परिवारले समाचारको माध्यमबाट उनको मृत्युको बारेमा मलेसियाकिनी लाई भने। तर तिनी हरूले केहि दिन पछि मात्र आधिकारिक पुष्टि प्राप्त गरेका थिए।

ज्वदिन कादार मास्दान भ्रमणको लागि आएका थिए ,जब कोबिड-१९ को कारण उडान हरु रद्द भए पछि उनको भिसा पास सकिए पछि रोकिएका हुन्।वहालाई एक महिना भन्दा बढीको लागि बुकिट जलील डिपोमा राखिएको थियो।

आपतकालीन फोन कल ;

परिवारका केहि सदस्यहरुले भने हाम्रो आफन्तहरुले डराउदै फोन गरेको थिए। उनीहरूलाई अध्यागमनले भिसा सकिएको कारण पक्राउ गरेको छ। उनि हरुले यो पक्राउको जानकारी आफ्नो मलेसियाका मित्रहरू मार्फत सुनेका थिए।

मलेसियाकिनी समाचार अनूसार मार्च १८ मा एम; सी; वो लागु हुनु केही दिन अघि मात्र यात्रुहरू मलेसिया आइपुगेका थिए भने सबैसँग आ-आफ्नो स्वदेश फर्किने टिकट राखेका थिए तर उडानहरू स्थगित भएको थियो।

भारतले मार्च २३ देखि सबै अन्तर्राष्ट्रिय उडानहरूलाई अवतरण गर्न प्रतिबन्ध लगाएको थियो। तर मलेसियाले एक हप्ता अघि देखिनै एयरएशिया लगायत मलेसिया-भारत उडान स्थगित गरेको थियो।

“ अबैध रुपमा काम गरेर बस्ने हरुलाई थुनामा राख्नु स्वाभाविक नै हो तर यि मान्छेहरु सँग पर्यटक भिसा थियो। मलेशियाका कानूनी प्रतिनिधि जहीर हुसेनले भने अनुसार उनीहरु हिरासतमा नहुनु पर्ने हो ” ।

जाहिर ति तीन जना पक्राउ परेको व्यक्तिहरूको पक्षमा काम गर्दै हुनुहुन्छ,जसको परिवारले सहयोगको अपेक्ष्या गरेका छन्।

मलेशिया राष्ट्रिय सुरक्षा परिषद्को घोषणा अनूसार पर्यटकहरूले एम;सी; वो को अवधि भरि अध्यागमन कार्यवाहीको सामना गर्नुपर्दैन।

मलेशिया अध्यागमन विभागले कुनै किसिमको कानुनी अवरोध बिना सबै पर्यटकहरुलाई देश छोड्नका लागि सूचना पनि जारी गरेको थियो।

अध्यागमन बिभागको सूचना अनुसार; भिजिट भिसामा आएकाहरु लाइ आम माफी दियो र उनीहरु मलेशिया छाड्दै छन्।

अध्यागमन प्रमुख : उनिहरुको भिसा सकिएको

भारतीय उच्च आयोगले प्रतिबेदनको बेवास्ता गरेको कारण जहीरले मानव अधिकार आयोगमा एक प्रतिवेदन पेश गरेको छ। मानब अधिकार आयोगको हाकिम सुहाकमले मलेसियाकिनी लाई बताउनु भयो मलेशिया अध्यागमन विभाग र भारतीय उच्च आयोगसँग यस विषयमा कुरा भई रहेको छ।

भारतीय उच्च आयोग र मलेशियन गृहमन्त्रीको कार्यालयले मलेसियाकिनीले सुचनाको लागी गरेको अनुरोध स्वीकार गरेन तर अध्यागमन विभागले पर्यटकहरुलाई पक्राउ गरेको कुरा अस्वीकार गरेको छैन।

अध्यागमन विभागका प्रवक्ताले भने “अनुसार जो हिरासतमा छन् उनीहरु सँग आफुलाई मद्दत गर्न सक्ने कुनै कागजपत्र छैन र उनि हरुको भिसा अवधि सकिएको छ। उनीहरू २०२० जनवरी भन्दा अगाडी मलेसिया प्रवेश गरेका थिए।”

यद्यपि;अध्यागमनको मुख्य जाँचबुझ केन्द्रका अनुसार अध्यागमन विभागका अधिकारीहरूले पक्राउ गरेको मध्य कम्तिमा ६ यात्रीहरु मार्चमा मलेसिया आइपुगेका थिए।

एक जना महिलाले भनिन् “ मेरो श्रीमानको हातमा फर्किनको लागी उडान टिकट थियो । उनले उनीहरुलाई सबै कागजातहरु देखाउने प्रयास गरे पनि अध्यागमनका व्यक्तिले भने तिम्रो भिसा अवधि सकिएको छ मात्र भने।” यी महिलाले आफ्नो पतिलाई थुनामा बसेको समय अप्ठ्यारो हुन् सक्छ भनेर नाम नखोल्ने सर्तमा यो सबै घटनाहरु बताईंन।

इण्डिया सरकारको अनुसार मलेसियाले उडानहरु रोकेको थियो।

इन्डिया चेन्नईका साना-मसिना तहका संगठनहरूले संकलित गरेको सूचीको आधारमा आप्रवासी विभागको हिरासतमा राखिएका २२ यात्रुहरूको नाम र राहदानी संख्या देखाएको छ।

मानव अधिकारबादी संस्था नर्थ साउथ इनिसिएटिभका कार्यकारी निर्देशक एड्रिन पेरिराका अनूसार सूचीमा भएका केही परिवारलाई सहयोग गर्दै आएका छन् र अध्यागमन विभागबाट उनीहरुका प्रियजनहरु बुकिट जलील डिपोमा रहेको कुरा पुष्टि भएको छ।

“जब मैले थुनाको प्रमुख लाई उनीहरू पर्यटक भिसामा भएको बेला किन हिरासतमा राखियो भनेर सोधें तर मलाई पुत्रजयाको अध्यागमन विभागमा अनुगमन गर्न भन्नु भयो,” उनले भने।

“अध्यागमनले तुरुन्तै एम सी वो को अबधिमा पक्राउ परेको बन्दी हरुको नाम, देश र पक्राउ पर्नुका कारणहरु खुलाउनु भनेर निर्देशन जारी गरेको छ।”

परिवार बेवास्ता

केही पक्राउ परेका यात्रुहरु यस्ता छन् जो सँग परीवारनै उ माथि आश्रित छन्। उनिहरु कवालालुम्पुर आए देखि तीन महिनाको लागि आफ्नो परिवारलाई अब्यवास्थित रुपमा छोडेका छन्।

चार जना परिवारको जेठो छोराले भन्यो उनका परिवारले भाँडा तिर्न सक्ने अवस्था छैन। किनकि उसको बुबा क्वालालम्पुर गएका छन् तर घर मालिकको राम्रो अनुग्रहको कारण बस्नको लागी वोत लाग्ने छानो दिनु भएको छ।

उनका बुबा मोहम्मद जान रबी सुल्तान अलाउदीन उमेर ४६ को व्यवसायिक यात्रामा कवालालुम्पुर गएका थिए र मार्च १९ मालिनडो एरलाइनको माध्यम बाट फर्किने वाला थिए। एयरलाइन्सले १८ मार्चदेखि कवालालुम्पुर-चेन्नई उडान रद्द गरेको थियो।

अझै फर्कने आशामा रहेका मोहम्मद जानले अप्रिल २ र अप्रिल १६ मा एयरएशिया र बटिक एयरमा घर फर्किनुको लागि टिकट किनेका थिए, तर भारतमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध जुन ३० सम्म थपियो।

मोहमद जानले घर फर्किनको लागि टिकट किनेका थिए तर सबै उडानहरु रद्द भएको थियो ।

जो जसले मलेसियाकिनी सँग कुरा गर्नु भएको छ उनीहरू सबैले आफ्ना प्रियजनहरूले उच्च आयोगमा दर्ता गरेका छन् र विश्वव्यापी रुपमा फसेका आफ्नो नागरिकहरुलाई लाइ घर फर्काउने अभियानलाई प्राथमिकता दिइनेछ।

एउटा परिवारलाई भारतीय उच्च आयोगका अधिकारीले बताए अनुसार उत्त यस कार्यालयले यो मुद्दाको बारेमा मलेशियन आध्यागमन विभागलाई सम्पर्क गरि सकेको र प्रतिक्रियाको लागि पर्खिरहेको छु।

एस के ताजुदीन, जसका मित्र कुप्पु बालकृष्णन बुकिट जलिल डिपोको हिरासतमा छन्। परिवारका सदस्य लगाएत साथीहरूले देश फिर्ता र क्वारेन्टाइनको खर्च व्यहोर्न तयार रहेका बताएका हुन्।

ताजुदीनले भन्नु भयो “उनको श्रीमती अशिक्षित छिन र गाउँमा बस्छिन्। उनी मलाई हरेक दिन फोन गर्छिन र आफ्ना पतिको बारेमा सोधेर रोइ रहन्छिन र कृपया उसलाई घर फिर्ता ल्याउन सहयोग गर्दिनुहोस भन्छिन।