सेलान्गोर प्रहरी प्रमुखले जेलमा भएको मृत्यु लुकाएको आरोप अस्विकार गरे।

प्रकाशित : जुलाई ३, २०२०
फैसल अस्य्रफ र आम फख्रुल्ल हलिम

सेलांगोरका पुलिस प्रमुख नुर आजम जमालुधीनले सुंगाई बुलो जेलमा भी.मुगीलारसुको मृत्युको घटना कोरोनर बाट अँध्यारोमा राखेको आरोपको खण्डन गरेका थिए।

नूर आजमले मलेसियाकिनीलाई भने स्वास्थ्य मन्त्रालयले पोष्टमार्टम गर्नु भन्दा पहिले कोविड-१९ परीक्षणको लागि अस्पताल पठाउनको लागि नियम बनाएको छ।

पोस्टमार्टम गर्नु अघि कसैलाई पनि मृतकलाई भेट्न अनुमति हुँदैन, "यो स्वास्थ्य मन्त्रालयको एस.ओ. पी अन्तर्गत हो " उनले थपे ।

उनले मानवअधिकार एनजीओ एडिक्टलाई जवाफ दिइरहेका थिए कि पुलिसले मुगीलारासुको मृत्युको बारेमा खबर नगरेको कुरा सत्य होइन नूर आजमले भने ।

३५ वर्षीय वृद्ध अदालतको सुनुवाईको लागि प्रतिक्षा गरिरहेका थिए । उहाँ २ जुलाई राति सुंगाई बुलो जेलमा मरे ।

मले मिडियाले रिपोर्ट गरे अनुसार परिवारले मृत्युको बारेमा पुलिसमा दर्ता गरेको र मृत्युको बारेमा अनुसन्धान गर्ने योजना बनाएका थिए ।

परिवारका वकिल ए शीलानले मलेसियाकिनीलाई पोष्टमार्टम रिपोर्ट भोली बुझाउने बताए।

उनी र मुगिलारासुका भाइ वी.करुणाकरण पिल्लई आज बेलुका शव हेर्न गएको थियो ।

" अनुहारमा चोटहरू थियो तर (प्याथोलोजिष्ट)ले भने कालो छाला भएको कारणले घाऊ हरु छ छैन भनेर छाला उकाउनु पर्छ ।

"उनले भने तपाईहरुले पनि देख्न सक्नुहुन्छ कि नाकमा अझै रगत भरी रहेको, दाँतमा सुक्खा रगत रहेको र बाँया गाला, निधार र टाउकोमा पनि चोट लागेको"।

कुनै सडयेन्त्र भए नभएको थाहा पाउनको लागि पनि पोस्ट मार्टम गर्न जरुरी छ भनेर उँहाले जोड दिनु भयो ।

उनले भने अनुसन्धान गर्नको लागि मेडिकल फोरेन्सिक टोली मुगीलारासु बसेको कैदी कोठा र लडेको ठाउमा पनि गएका थिए ।

उनले भने निष्पक्ष छानबिन हुनेछ भनेर उनीहरू लाई आश्वासन दिइएको थियो।