गैर सरकारी संस्था अधिकारकर्मीले जाँच पडतालको स्वागत गर्दछ। यौन दुराचार भएको भन्ने किटान लाइ अस्विकार गर्दछ।

पप्रकाशित: जुलाई ९, २०२०

अल्या अल्हद्जरी र आइदिल रजाक

यौन उत्पीडनको आरोप लगाइएको एक प्रतिष्ठित सामाजिक अभियन्ताले उक्त दाबीलाई इन्कार गरेको तर यसबारे प्रहरी अनुसन्धानलाई स्वागत गरेको छ। आरोपलाई आधारहीन ठहर्‍याउँदै कार्यकर्ताले भने गएको बर्षमा डाक्टरले दर्ता गरेको पुलिस रिपोर्टमा थप टिप्पणी गर्न नसक्ने बताए।

तालिमरत डाक्टरको रिपोर्ट सार्बजनिक बनाइए पछि अन्य ब्याक्ति हरुले पनि यो आरोपलगाउदै अगाडी आए कि अधिकारकर्मी द्वारा २०१४ अगाडी देखि नै उनीहरुलाई यौन दुर्ब्यावहार गरि आएको छ।

उँहा लाइ धेरै आरोप लागेको बारेमा प्रश्न गर्दा उनले उत्तर दिनु भयो यो बिषयमा पुलिस रिपोर्ट आइ सकेको हुनाले थप तर्क राख्न नसक्ने बताए।

“म यो अनुसन्धानलाइ स्वागत गर्दछु, किन भने यो अनुसन्धानले म माथि लगाइएको आरोप सफाई गर्न सक्ने अवसरको रुपमा लिएको छु।”

“म स्पस्ट रुपमा भन्न चाहन्छु कि यो खेदपूर्ण आरोपलाई अस्विकार गर्दछु।”

सामाजिक अभियन्ताको भनाइ अनुसार उसलाई आधारहीन आरोप लगाउने मान्छे अरु कोहि नभई मुद्दा हारे पछि जो ऊ सँग बदला लिन चाहन्थ्यो।

हिजो एक पुलिस स्रोतले मलेसियाकिनी सँग अनुसन्धान भइरहेको पुष्टि गरेको थियो। तर विवरण टिपोट बयानको संख्या सहित खुलाउन अस्विकार गरे।

मलेसियाकिनीले उक्त कार्यकर्ताको नाम खुलाएको छैन किन भने मुद्दा अदालतमा पुगी नसकेको कारण उजुरी गर्ने व्यक्तिको पहिचानलाई जोगाइ राखेको हो।

मलेसियाकिनी सँग कुरा गर्दा उजुरी गर्नेमध्यका एक जनाले उक्त कार्यकर्ता लाई बुबाको रूपमा लिने गरेको थियो तर उँहाको समय अनुसारको स्वभाबले असहज बनाउने र गलत प्रवृधि बढ्दै गएको महसुश गरे।

“जब मैले गाडीमा वरिपरी घुमाउने गर्थे तब उँहा गाडीको अगाडी सिटमा बस्न जिद्दी गर्नु हुन्थ्यो,र हामी बात चित गर्दा उनको हातले मेरो शरीरको तल्लो भाग सुम्सुमाउने गर्नु हुन्थियो।“

उनले थपे “म माथि भएको ब्यावहारहरु अरु माथि भएको ब्यावहार भन्दा अलिक कम भएको महसुश गर्दछु।”

उनले गोप्य बाद-बिबाद पछि गैरसरकारी संस्थाबाट राजीनामा दिनु भयो, त्यसपछि कार्यकर्ता बिरुद्दमा पुलिसमा प्रतिबेदन दर्ता गरेको बताउनु भयो।

यद्यपि; उनलाई पुलिस अधिकारीले यौन उत्पीडनका दावीहरू त्याग्न कठिन हुन्छ भनेर सल्लाह दिनु भएको थियो भनेर उनले भने।

त्यस बेला देखि उजुरीकर्ताले भने उनले न्याय पाउने आशाको साथ अघि बढ्ने कोशिस गर्नु हुनेछ ।

अर्को पूर्व स्टाफ जो दुइ बर्ष काम गर्नु भएको थियो, उनले कार्यकर्ता सँग कुनै पनि अप्रिय अनुभव नभएको बताउनु भयो।

उनले त्यस्तो कुनै घटना नसुनेको बताए, तर यौन दुर्व्यवहार गरेको आरोप लगाउने व्यक्तिहरू संगठनमा सामेल हुनु भन्दा दुई वर्ष पहिले नै राजीनामा गरेका थिए ।

"म यो भन्दिन कि यस्ता आरोपहरू हुदैन भनेर, तर मैले चाही कहिले अनुभब गरेको छुइन।

उनले भने “यदि मेरो समयमा त्यहाँ त्यस्ता घटनाहरू भएको भए हामी बीच छलफल गरेर कुरा उठाउने थियौ।”

पूर्व कर्मचारीले भने अनुसार संगठनको बिषयमा अभिब्याक्ती नमिले पछि उनले आफै संगठन छोड्ने निर्णय गरेका थियो।

पूर्व कर्मचारीले भने उनले संस्था छाडे पछि संगठन सँग सम्बन्ध तोडेको थियो तर अहिले चाही आरोपहरु पत्र-पत्रिकामा प्रकाशित भए पछि मात्र उँहा साथीहरु र मिडियाको सम्पर्कमा आउनु भएको उनले बताए ।

जोइन्ट एक्सन ग्रुप फर जेन्डर इकवालिटी (JAG) ले हिजो तत्काल एक विज्ञप्ति जारी गरी गैरसरकारी संस्थालाई आन्तरिक अनुसन्धान गर्न आग्रह गरेको छ।