अल-जाजिराका कर्मचारीहरु डकुमेन्ट्रीको बारेमा सोध पुछ गर्न बुकित जलिलमा।

प्रकाशित: जुलाई १०, २०२०

अल्या अल्हद्जरी

अल-जजीराका छ जना कर्मचारीहरु क्वालालम्पुरको संघीय प्रहरी मुख्यालय बुकिट अमनमा बिहान उनीहरूलाई बयान लिनको लागी प्रस्तुत भएका थिए।

“१०१ इस्ट" कार्यक्रमले आन्दोलन नियन्त्रण आदेशको क्रममा मलेसियाको अधिकारीहरूले बैदेशिक कामदार हरुलाइ दुर्ब्यावहार गरेको कुरालाइ प्रथामिकताका साथ् देखाइएको थियो ।

हिस्याम ते.पो.तेक्ले नेतृत्व गरेको ७ जना वकिल र अल-जाजिराको कर्मचारीहरु बिहानको ८;५० मा भित्र छिरे र उनिहरु सँग अल-जजिराका पत्रकार ड्रिउ एम्ब्रोस पनि सामेल हुनुहुन्थियो।

अन्य पाँच कर्मचारीहरू पनि २५ मिनेटको वृत्तचित्रको निर्माणमा संलग्न थिए।

पत्रकारहरु सँग बुकिट अमन बाहिर कुरा गर्दै ह्यास्यामले उनका ग्राहक हरुलाइ प्रहरी अनुसन्धानमा पूर्णरुपले सहयोग गर्ने कुरामा जोड दिए।

उनले भने “ म यो पनि जानकारी दिन चाहन्छु, यस भन्दा अघि अल-जाजिराले पनि यस कथनको बारेमा सम्माननीय रक्षामन्त्रीलाई पत्र पठाएको र उही समयमा उनीहरूले एक विज्ञप्ति पनि जारी गरेका थिए "।

वकिल ह्यास्याम (फोटो)ले केही अंश पढे पछि अल-अल्जाजिराले निष्पक्ष र सही बयान सुनिश्चित गर्ने प्रतिबद्धतामा जोड दिन्छ भन्नु भयो।

ज्वदिन कादार मास्दान भ्रमणको लागि आएका थिए ,जब कोबिड-१९ को कारण उडान हरु रद्द भए पछि उनको भिसा पास सकिए पछि रोकिएका हुन्।वहालाई एक महिना भन्दा बढीको लागि बुकिट जलील डिपोमा राखिएको थियो।

मेरो ग्राहक हरुलाई तोकिएको जरिमाना उँहा हरुलेले खण्डन गर्नुको साथै अस्विकार गर्नु भएको छ ।

"उनले थपे, हामीले यो आशा गरेको छौ पुलिसले अनुसन्धान गर्ने क्रममा आवश्यक जानकारी पाए पछि कुनै पनि कारबाही गर्ने छैनन्"।

अल-जाजिराको व्यवस्थापनले मलेसियामा प्रवासीको उत्पीडन कृयाकालाप देखाएको बारेमा आफ्नो प्रस्तुति सहि भएको अडान लिएको र आफ्नो कर्मचारीहरु लाइ सामाजिक संजालमा खेदो गरेकोमा चिन्ता ब्याक्त गरेको छ।

उक्त रिपोर्टमा आप्रवासी, गैरसरकारी संस्था,नागरिक समाज संगठन र ब्यापारी संगठनहरुको अन्तर्वार्ता समावेश गरिएको थियो।

उक्त प्रतिवेदनले सरकारलाई रिस उठ्यो र जातीयतावादको दावीलाई अस्वीकार गर्यो। प्रवासीहरुलाई कानून बमोजिम सम्बोधन गरिएको कुरा ब्याक्त गरे।

ग्राहकहरुको सुरक्षाका कारण वकिल हिस्यामले उनीहरु कति जना छन् भन्ने संख्या पुष्टि गर्न अस्वीकार गरे ।

सुरक्षाको कारण हिजो दाङ्गवाङ्गि प्रहरी चौकीमा पुलिस रिपोर्ट दर्ता गरिएको कुरा पनि खुलासा गरे।

जब देखि अल-जाजिराको कार्येक्रममा दस्ताबेज देखाए पछि कर्मचारीहरूको ब्याक्तिगत विवरण अनलाइनमा खुलासा गरेको, गोपनीयता उल्लंघन र अन्य प्रकारका उत्पीडन भोग्ने चिन्ता ब्याक्त गरेको छ।

अध्यागमन विभागले अल-जाजिरा कर्मचारीहरु बाहेकका अन्य अन्तरबार्ता दिने आप्रबासी कामदार हरुको खोजि गरि रहेको छ।